एजेन्सी– चीनको सान्छी प्रान्तमा रहेको खानीमा भएको विस्फोटनमा परी कम्तीमा १५ जनाको मृत्यु भएको छ।
चिनियाँ सरकारी सञ्चारमाध्यमले सम्प्रेषण गरेको समाचारअनुसार घटनामा परी गम्भिर ९ जना घाइते भएका छन्।
सोमबार दिउँसो खानीमा ग्यास विस्फोटन भएर दुर्घटना भएको अधिकारीहरुले बुधबार जानकारी दिएका छन्।
खानीमा ग्यास विस्फोटन भएर दुर्घटना भएको बेला घटनास्लथमा ३५ जना कार्यरत रहेका थिए। अरु ११ जनालाई भने कुनै चोटपटक पनि नलागि बाहिर निकाल्न सफल भएका उद्धारकर्ताहरुको भनाई रहेको छ।
घाइतेहरुको अवस्था स्थिर रहेको र घटनाका बारेमा अनुसन्धान सुरु गराईसकिएको चिनियाँ सरकारी अधिकारीहरुले जानकारी दिएका छन्।