तस्वीरः अनलाइन खबर
एजेन्सी–अभिनेता ऋषि कपुर जे बोल्छन् सत्य बोल्छन्। सामाजिक संजालमा होस् या अन्र्तवार्तामा नै किन नहोस्, कुनै पनि कुरा स्पष्ट भनिदिन्छिन्। यही कारणले नै उनी बेला–बेलामा आलोचित पनि हुने गरेका छन्।
हालै मात्र एक अन्र्तवार्तामा ऋषिले भारतमा कलाकारहरुलाई सम्मान नदिइएको भन्दै गुनासो गरेका छन्। उनले भने, ‘भारतमा कलाकारहरुलाई पर्याप्त सम्मान नै दिइदैन। विदेशमा धेरै कलाकारको नाममा विमानस्थल, बाटो बनेका छन्। तर, भारतमा यस्तो कतै पनि देखिदैन।’
अमेरिकाबाट फर्किएपछि ऋषिले भने, ‘अमेरिकामा एल्विस प्रेस्ले, माइकल ज्याक्सनको नाममा विभिन्न स्थान बनेका छन्। यही कारणले गर्दा पनि उनीहरुलाई अहिलेको यूवापुस्ताले पनि संझिन्छ। भारतमा कुनै पनि कलाकारलाई यस्तो सम्मान छैन।’
ऋषिले अगाडि गुनासो गर्दै भने, ‘भारत सिनेमा, सँस्कृति र म्यूजिकका कारण विश्वभर चिनिएको । तर, यहाँका कलाकारसँग फरक व्यवहार गरिन्छ। किन सरकार कलाकारलाई सम्मान दिन सक्दैन?’ उनको यो गुनासोले चर्चा पााएको छ। सरकार यसको उत्तर दिन तयार भयो कि भएन त्यसको जानकारी अहिलेसम्म आएको छैन।