काठमाडौं– नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का युवा नेता स्व प्रकाश दाहालको दोस्रो स्मृति दिवसको सन्दर्भमा आज उनीप्रति श्रद्धाञ्जलि अर्पण गरिएको छ। दाहालको २०७४ मङ्सिर ३ गते निधन भएको थियो।
नेकपाका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ निवास खुमलटारमा आयोजित श्रद्धाञ्जलि कार्यक्रममा अध्यक्ष दाहालले स्व प्रकाशको तस्वीरमा माल्यार्पणसहित स्मरण गरेको थियो।
कार्यक्रममा नेकपाका नेता जनार्दन शर्मा, उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री मात्रिकाप्रसाद यादव, खानेपानीमन्त्री बीना मगरलगायतको सहभागिता थियो। (रासस)