photo source : 12 khari
काठमाडौं — बंगलादेशमा जारी एसीसी इमर्जिङ एसिया कप क्रिकेट प्रतियोगितामा सहभागी राष्ट्रिय क्रिकेट टिम स्वदेश फिर्ता भएका छन्।
प्रतियोगिताको समूह चरणमा भएको तीन खेलमध्ये दुई खेलमा पराजित भएको नेपाली टोली समूह चरणबाट बाहिरिएको थियो।
प्रतियोगिताको समूह ‘बी’ मा रहेको नेपालले तीन खेलमा २ अंक जोडेको नेपाल समूह चरणमा तेस्रो स्थानमा रहेको थियो।
नेपाल पहिलो खेलमा भारतको यू(२३ टिमसँग ७ विकेटले पराजित भएको थियो। त्यस्तै दोस्रो खेलमा नेपालले हङकङलाई ४० रनले पराजित थियो। अन्तिम खेलमा नेपाल बंगलादेशको यू–२३ टिमसँग ८ विकेटले पराजित भएको थियो।
बंगलादेशबाट मंगलबार फर्किएको नेपाली टोलीलाई नेपाल क्रिकेट संघ (क्यान) का सदस्य अमितवीर पाण्डेले स्वागत गरेका थिए।