तस्वीरः अनलाइन खबर
पोखरा–केही दिन देखि चलिरहेको कार्यक्रम ‘सप्तरङ्ग–२’ पोखरा पुग्ने भएको छ। ग्रिस्मा ब्रोडकास्टिङको आयोजनामा बुधबार पोखरा अमरसिंह चोकमा सप्तरङ्ग सांगीतिक कार्यक्रम हुने भएको छ।
पर्यटन प्रवर्द्धन र समुन्नति नारा सहित गर्न लागेको कार्यक्रममा अभिनेता राजेश हमाल, नेपाल आइडलका विजेता रवि ओड, गायिका मेलिना राई, हास्यकलाकार जितु नेपाल, हिमाल सागर, सुगम पोखरेल र लोक तथा दोहोरी गायक प्रकाश सपुतको प्रस्तुति रहने छ। कार्यक्रमको स्थानीय आयोजक बार्दली मिडियाका मन क्षेत्रीका अनुसार सप्तरङ्ग सांगीतिक कार्यक्रम देशका अन्य ६ प्रदेशमा भएपछि पोखरा हुनलागेको हो।
‘प्रदेश १ गतेबाट सुरु भएको यो कार्यक्रम प्रदेश ५ सुर्खेतपछि गण्डकी प्रदेशमा समापन हुन लागेको हो,। ‘उनले भने, ‘गत वर्ष पनि पहिलो संस्करणको कार्यक्रम गरेका थियौं। त्यतिबेला पनि कार्यक्रममा दर्शकको राम्रो सहभागी थियो।’ कार्यक्रम बुधबार पोखरा अमरसिंह चौरमा साँझ ४ बजेपछि सुरु हुनेछ। प्रवेश निशुल्क गरिएको कार्यक्रममा नेपाल पुलिस क्लब, बिटुडी डान्स स्कुलको समेत प्रस्तुति रहने क्षेत्रीले जानकारी दिए।
अघिल्लो संस्करणमा रामकृष्ण ढकाल, पशुपति शर्मा, प्रमोद खरेल, इन्दिरी जोशी, सन्दीप क्षेत्री, दीपक विष्ट र अञ्जली अधिकारीको प्रस्तुति रहेको थियो। यसपाली त्यो भन्दा केही फरक रहेको भन्ने कलाकारहरुको भनाई छ।