कञ्चनपुर — अदालतको अवहेलना मुद्दा लागेका पत्रकार खेम भण्डारी कारगार चलान भएका छन्। उनलाई जिल्ला अदालतले मंगलबार एक घण्टा कैदका लागि कारगार चलान गरेको हो।
कारागार चलानसँगै उनलाई एक रुपैयाँ जरिवाना समेत गरिएको छ।जिल्ला अदालत कञ्चनपुरले असार २ गते अदालतको अवहेलना गरेको ठहर गर्दै भण्डारीलाई एक घण्टा कैद र एक रुपैयाँ जरिवानाको फैसला गरेको थियो।
भण्डारीले भने अदालतले पुनरावेदनको म्याद बारे समेत जानकारी नदिएको बताएका छन्।