काठमाडौं — अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मोरङ जिल्लाको जहदा गाउँपालिका १ का वडाअध्यक्षलाई २१ हजार घूससहित पक्राउ गरेको छ।
वडाअध्यक्ष उमेशकुमार साहलाई वडा नं १ स्थित, हरिलाल सर्व्रियाको घरदेखि बाँधसम्मको ग्राभेल सडक निर्माण योजनाको सम्झौता गरी कार्यावयन लगायतका कार्यमा सहजिकरण गर्ने भनी रकम लिंदै गरेको अवस्थामा अख्तियारको टोलिले पक्राउ गरेको हो।
घूससहित पक्राउ परेका वडाअध्यक्षलाई हिरासतमा राखी अनुसन्धान भइरहेको बताइएकाे छ।