काठमाण्डौ _ काठमाण्डौका विभिन्न सुर्ती उद्योगविरुद्ध कर छलीको मुद्दा दायर भएको छ।
ग्रीन टोबाको कम्पनीका सञ्चालक प्रभुराम थापा, सफिन एन्ड ब्रदर्स इन्टरप्राइजेजका सरोज केसी, आरएस स्टोरका मुकेश अग्रवाल, अभिनव सुर्ती उद्योगका सुष्मा गोयन्का, गोल्डेन टोबाको इन्डष्ट्रिज, सहयोग सुर्ती उद्योगका सञ्चालक दिनेश बसुकला र ओम साई सुर्ती उद्योगकी सञ्चालक जानुका कार्कीविरुद्ध कर छलीको मुद्दा दायर भएको हो।
सुर्ती उद्योग, केही कम्पनी र सञ्चालकविरुद्ध १० करोड १५ लाख रुपैयाँ बिगो र ३र३ वर्षका दरले कैद सजाय माग गरेर राजस्व अनुसन्धान विभागले काठमाण्डौ जिल्ला अदालतमा मुद्दा दायर गरेको हो।
उनीहरुले अन्तशुल्क स्टिकर नलगाइ सुर्तीजन्य पदार्थ उत्पादन गरेर बेचेको, अभिलेख मौज्दात फरक देखिएको तथा नक्कली बिल बीजक प्रयोग गरेको भेटिएको राजस्व अनुसन्धान विभागले जनाएको छ।