एजेन्सी – इंग्लिस क्लब लिभरपुलका मिडफिल्डर जिओर्जि्नियो वाइनाल्डमको ह्याट्रिक सहयोगमा नेदरल्यान्ड्सले युरोकप छनोटको समूह चरणको अन्तिम खेलमा इस्टोनियामाथि ५–० को फराकिलो जित निकालेको छ।
घरेलु मैदानमा मंगलबार राति भएको खेलमा नेदरल्यान्डका लागि नाथन एके र माइरन बोअदुले समान एक गोल थपे। एकपक्षीय खेलमा घरेलु टोली नेदरल्यान्डले पहिलो हाफमा २ तथा दोस्रो हाफमा ३ गोल गर्न सफल भएको थियो।
खेलको छैटौ मिनेटमा वाइनाल्डमको गोलबाट नेदरल्यान्डले खेलमा अग्रता बनायो। १९औं मिनेटमा नाथन एकेले गोल गरेपछि नेदरल्यान्डले पहिलो हाफमा २–० को अग्रता लियो। ६३औं मिनेटमा वाइनाल्डमले व्यक्तिगत दोस्रो गोल गरे। ७८औं मिनेटमा वाइनाल्डमले ह्याट्रिक पुरा गर्दै नेदरल्यान्डलाई ४–० को आरामदायी अग्रता दिलाए। ८७औं मिनेटमा माइएरनले गोल गर्दै नेदरल्यान्डलाई ५–० को फराकिलो जित दिलाए।
जितसँगै नेदरल्यान्डले समूह ‘सी’ मा ८ खेलबाट १९ अंक जोड्दै दोस्रो स्थानमा रहेर छनोटको अन्त्य गर्याे। इस्टोनिया १ अंकसहित पुछारमा रह्यो।
यही समूहको अर्काे खेलमा शीर्षस्थानमा रहेको जर्मनीले नर्दन आयरल्यान्डमाथि ६–१ को जित निकाल्दै छनोटको सुखद् अन्त्य गरेको छ। जर्मनीको फराकिलो जितमा सर्जी जिनाब्रीले ह्याट्रिक पूरा गरे। लियोन गोरेट्जकाले दुई तथा जुलियन ब्रान्डले एक गोल थपे।
जर्मनीले ८ खेलबाट २१ जोड्यो । नर्दन आयरल्यान्ड १३ अंकसहित तेस्रो स्थानमा रह्यो । बेलारुस ४ अंकसहित तेस्रो स्थानमा रह्यो ।