एजेन्सी– नाजी नेता हिटलर जन्मिएको अस्ट्रियाको भवन अब प्रहरी कार्यालयमा परिणत हुने अधिकारीहरूले जनाएका छन्। हिटलरले १७ औं शताब्दीमा ब्रोनाउ अम–इन शहरमा रहेको उक्त घरमा आफ्नो जीवनको केही हप्ता बिताएका थिए।
भवन लामो विवादको विषय बन्दै आएको थियो। सरकारले चरम दक्षिणपन्थी पर्यटक रोक्न घर मालिकसँग उक्त भवन दशकौँदेखि भाडामा लिएको थियो।
त्यसमा अपाङ्गता भएका व्यक्तिहरूको निम्ति डे–केयर सेन्टर चलाइएको थियो। तर घर मालिकले त्यसलाई थप ह्वील चेयर मैत्री बनाउने योजना तथा मर्मत गर्ने र किन्ने सरकारको प्रस्ताव अस्वीकार गरेपछि त्यो बन्द भयो।
नाजीको निसानी मेटिने
सन् २०१४ मा शरणार्थीहरूको निम्ति आश्रय केन्द्र बनाउने योजना पनि लागू भएन्। सरकारले अनिवार्य निर्देशन जारी गर्दै आठ लाख १० हजार युरो मूल्यमा सन् २०१६ मा घरको स्वामित्व आफूले लिएको हो।
भवनको भविष्यलाई लिएर अस्ट्रियामा व्यापक मतभेद थियो। केही उक्त भवनको अस्तित्व समाप्त गर्नुपर्ने पक्षमा थिए भने अरूले पुनर्मिलन गृहको रूपमा त्यसलाई कुनै कल्याणकारी काममा प्रयोग गरिनुपर्ने माग राख्दथे।
मङ्गलवार एउटा विज्ञप्तिमा अस्ट्रियाका आन्तरिक मन्त्रीले भनेका छन्, “भविष्यमा प्रहरीले प्रयोग गर्ने निर्णयले उक्त घरले अब कहिल्यै (न्याश्नल सोसलिज्म) नाजीको सम्झना नगराउने अचुक सन्देश दिएको छ।’’
हिटलरको छोटो आगमन
बुवा कामको सिलसिलामा ब्रोनाउ अम–इन सहरमा खटाइएका बेला हिटलरको जन्म सन् १८८९ मा त्यहाँ भएको हो। हिटलर जन्मिएको केही हप्तासम्म उनको परिवार उक्त भवनको एउटा तल्लामा बसेको थियो। त्यसपछि उनीहरू अन्यत्रै सरेका थिए।
हिटलर तीन वर्षको हुँदा उनको परिवार सुविधाको निम्ति त्यो शहर छाडेर हिडेका थिए। हिटलरले अस्ट्रियालाई नाजी जर्मनीमा मिलाएपछि उनी सन् १९३८ मा भियना जाने क्रममा छोटो समयका निम्ति फर्किएर त्यहाँ पुगेका थिए।
हिटलरको शासनकालमा (१९३३ देखि १९४५ सम्म) नाजी जर्मनीले जातीय संहार नीति अङ्गाल्दै दोस्रो विश्वयुद्ध सुरु गरेको थियो। जसका कारण ६० लाख यदुही र करोडौँ अन्य नागरिक र फौजीहरू मारिएका थिए। बीबीसी