तस्वीरः अनलाइन खबर
एजेन्सी–बलिउड नायक आमिर खानले दर्शक चलचित्रको बजेट हेरेर हलमा नआउने बताएका छन्। अहिले बलिउडमा महंगो बजेटमा बनेका चलचित्रहरु सफल नै हुन्छन् भन्ने पक्का छैन। यो बिषयमा भारतीय मिडियाको प्रश्नमा आमिरले भने, ‘दर्शक चलचित्रको बजेट हेरेर हलमा आउने होइनन्। यदि, दर्शकलाई चलचित्र मनपर्यो भने त्यो चल्छ नत्र चल्दैन। चाहे त्यो सानो बजेटको चलचित्र होस् या ठूलो बजेटको चलचित्र होस्।’
नायक खानले चलचित्र ‘ठग्स अफ हिन्दुस्तान’ असफल भएपछि दर्शकसँग माफी समेत मागेका थिए। माफी मागिएको बिषयमा उनी भन्छन्, ‘म यो बिषयमा धेरै नरम त हुन सक्दिनँ, तर चलचित्र राम्रो बनाउने जिम्मेवारी मेरो पनि हो। अर्को्तिर, विगत १८–१९ बर्षयता मेरा चलचित्रले खराब व्यापार गरेका छैनन्। जब, कुनै चलचित्रप्रति दर्शकको अपेक्षा उच्च हुन्छ, त्यस अनुसार उत्रन सक्नु हाम्रो पनि जिम्मेवारी हो।’ आमिरले, दर्शकको अपेक्षा अनुसार उत्रन नसकेकाले आफूले माफी मागेको बताएका छन्।
आमिर अहिले चलचित्र ‘लाल सिंह चड्डा’ को छायांकनमा व्यस्त छन्। यो चलचित्र आउँदो बर्षको क्रिसमसमा रिलिज हुँदैछ। उनका हरेक सिनेमा सधैं अरु भन्दा फरक सन्देश दिन सफल छन्। त्यसैले दर्शहरु आशावादी हुनु पनि स्वाभाविक नै हो।