एजेन्सी–बलिउड अभिनेत्री इलियाना डिक्रुजले लगातार चलचित्रमा काम गरिरहेकी छैनन्। उनी करिब २० महिनापछि नयाँ चलचित्र ‘पागलपन्थी’ मा देखिदैछिन्। भारतीय मिडियासँग कुरा गर्दै इलियानाले निरन्तर चलचित्रमा काम नगर्नुको कारण खुलाएकी छिन्।
उनले भनिन्,‘मलाई करिअरको सुरुवातमा अक्षय कुमारको काम गर्ने शैली मनपथ्र्यो। अक्षयले जस्तै बर्षमा ४ वटा चलचित्रमा काम गरौ भन्ने लाग्थ्यो। तर, मैले विस्तारै जानुपर्छ भन्ने वुझेँ।’ उनले आफूले कहिले पनि कुनै कुरा गुमाएको भन्ने महशुस नगरेको बताइन्। भनिन्,‘मेरो पक्षमा केही कुराले काम गर्न सकेन। जुन कारण, म निरन्तर चलचित्रमा आउन सकिनँ। तर, मलाई यो कुराले कुनै पश्चताप छैन।’
उनले, आफू सधै नै के कुरा रोज्ने र के हुने भन्ने कुरामा सजग रहेको बताइन्। चलचित्र ‘वर्फी’ मा काम गरेपछि आफूलाई बंगाली यूवतीको भूमिकामा काम गर्नका लागि थुप्रै अफर आएको बताउँदै उनले बलिउडमा निरन्तर काम गर्ने सुनाएकी छिन्। दर्शकलाई उनले आशाबादी बनाएकी छिन्।