एजेन्सी– चीनले सन् २०३० सम्ममा सिक्स्जी जी नेटवर्क ल्याउने जनाएको छ। सिक्स्जी प्रविधि फाइभ जीभन्दा १०० गुणा बढी तीव्र हुने देशको अग्रणी टेलिकम्युनिकेसन विज्ञले जनाएका छन्।
चिनियाँ सरकारी समाचार संस्था चाइना न्यूजले सार्वजनिक गरेको जानकारी अनुसार बेइजिङले यसै महिनाबाट नेक्स्ट जेनेरेसन मोबाइल इन्टरनेट कनेक्सनमा अनुसन्धान र विकास शुरू गरेको छ।
सुपरफास्ट फाइभ जी नेटवर्कहरू चिनियाँ नागरिकहरूका लागि उपलब्ध गराइएको केही दिनपछि नै राज्यको पहलमा सिक्स्जी प्रविधिको अध्ययन गर्न सुरु गरेको छ। चीनको प्रविधि व्यूरोले सिक्स्जी प्रविधिको अध्ययन गर्न ३७ जना विज्ञ सम्मिलित समिति बनाइ अध्ययन सुरु गरेको हाे।
चनियाँ सरकारी समाचार संस्था चाइना न्यूजले सार्वजनिक गरेको जानकारी अनुसार सिक्स् जी व्यापारिक प्रयोजनका लागि सन् २०३० सम्ममा सार्वजनिक गरिनेछ। विकासको विधिका आधारमा यो आकलन गरिएको हो तर निश्चित छैन,’ सिक्स्जी विकास गर्ने टोलीका एक सदस्य याङ यिफेङले बताए।
सिक्स् जीको विकास प्रक्रियालाई तीव्र गति दिनका लागि थप विकसित विधि फेला परेमा सन् २०३० अघि नै त्यसलाई सार्वजनिक गरिने सम्भावना रहेको याङले बताए।