काठमाडौं — नयाँ भवन बनाउन बालुवाटारमा रहेको प्रधानमको मुख्य निवास आजदेखि भत्काइने भएको छ।
त्यसैगरी मन्त्रिपरिषदमा पुनर्गठनबारे नेपाल कम्युनिष्ट पार्टि (नेकपा)को सचिवालय बैठक भने जारी छ।
प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाका अनुसार बैठक सकिनासाथ भवन भत्काउन शुरु गरिने बताएका छन्।
‘अहिले पुरानै भवनमा बैठक जारी छ’ उनले भने, ’ बैठक सकिने बित्तिकै त्यो भवनलाई डिस्मेन्टल गर्ने र नयाँ बनाउने प्रक्रिया आजैदेखि सुरू हुन्छ।’
प्रधानमन्त्री भने नजिकैको एक तले भवनमा बस्ने प्रेस सल्लाकार थापाले जानकारी दिए। मुख्य भवन बनाउन कन्टेक प्राइभेट लिमिटेडसँग दसैंअघि नै सम्झौता भइसकेको थियो।