धनकुटा – नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले नेपाल र भारतीय पक्षबीच चर्किएको सीमासम्बन्धी विवाद समाधानका लागि सरकारले प्रभावकारी पहल गर्न नसकेको बताएका छन् ।
प्रेस युनियन धनकुटा शाखाले आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै वरिष्ठ नेता पौडेलले देशका आम नागरिक र प्रमुख प्रतिपक्षी दलले समेत मिचिएको भूमि फिर्ता गराउने मुद्धामा सरकारलाई साथ दिएपनि सरकारले कुटनीतिक क्षमता प्रदर्शन गर्न नसकेको बताए।
उनले दुवै देशका प्रधानमन्त्रीस्तरमै छलफल गरेर अतिक्रमित सीमा सम्बन्धी समस्याको निरुपण गरिनुपर्ने पौडेलको भनाई छ ।फरक प्रसंगमा नेता पौडेलले सरकारले नागरिकका आवश्यकता र विकासको प्राथमिकतालाई छुट्याउन नसकेको बताए।
सुशासन र आर्थिक समृद्धिका नारा दिने सरकारले नागरिकलाई निरासा मात्रै दिएको उनको आरोप छ।