चितवन — चितवनको नेपाल–भारत सीमा क्षेत्रमा रहेको सोमेश्वर पहाड क्षेत्रमा यतिबेला २९ जना मूर्तिकारहरुले शिल्प पोखिरहेका छन्।
माडी सोमेश्वर पहाडको सोमेश्वरगढी क्षेत्रमा नेपाल ललितकला प्रज्ञा प्रतिष्ठान र माडी नागरपालिकाको संयुक्त आयोजनामा मूर्तिकला कार्यशला भइरहेको छ।
नेपाल ललितकला प्रज्ञा प्रतिष्ठान र माडी नगरपालिकाले संयुक्त रुपमा प्रस्तर मूर्तिकला कार्यशालाको आयोजना गरेको हो। मूर्तिकारहरुले मूर्ति बनाइरहेका छन्। कात्तिक २३ गते सुरु भएको कार्यशाला मंसिर १० गते सकिन्छ। ४० देखि ४५ वटा मूर्तिहरु धमाधम निर्माण भइरहेका छन्।