एजेन्सी– इङ्लिस क्लब टोटनह्याम हटस्परको मुख्य प्रशिक्षकमा जोसे माउरिन्हो नियुक्त भएका छन्। पोर्चुगलका प्रशिक्षक माउरिन्हो र टोटनह्यामबीच साढे तीन वर्षको सम्झौता भएको छ।
घरेलु लिगमा खराब प्रदर्शन गरेको कारण टोटनह्यामले मौरिसियो पोचेटिनोलाई बर्खास्त गरेको थियो। त्यसको भोलिपल्ट नै उसले नयाँ प्रशिक्षकका रुपमा माउरिन्होलाई भित्र्याएको हो। माउरिन्होले यसअघि दुई इङ्लिस क्लब चेल्सी र म्यानचेस्टर युनाइटेडको प्रशिक्षकको रुपमा काम गरिसकेका छन्।
माउरिन्हो फुटबलका एक सफल प्रशिक्षक भएको र उनको आगमनले टोलीको उर्जा आउने टोटनह्यामका अध्यक्ष डानिल लेभीले बताएका छन्।