तस्विर: सेताेपाटी
काठमाडौं — उच्च अदालतको न्यायाधीशमा १५ जनाको नाम सिफारिस गरिएको छ।
आज बसेको मन्त्री परिषद बैठकले जिल्ला न्यायाधीशबाट ६ जना, महान्यायाधीवक्ता कार्यालयमा कार्यरत सहसचिवबाट १ जना र अधिवक्ताबाट ८ जनालाई उच्च अदालतमा सिफारिस गरेको हो।
जिल्ला अदालतका न्यायाधीश किरण कुमार पोखरेल, मुरारीबाबु श्रेष्ठ,सुदर्शन राज पाण्डे, दीपेन्द्र अधिकारी, रमेशराज पोखरेल, नरिश्वर भण्डारीलाई परिषदले उच्च अदालत तानेको छ। महान्यायाधीवक्ता कार्यालयका सहन्यायाधीवक्ता गीताप्रसाद तिमिल्सिनालाई पनि उच्च अदालतको न्यायाधीश बनाएको छ।
त्यस्तै, अधिवक्ताबाट मिलन कुमार राई, राजुराम सिलवाल, मेरिना श्रेष्ठ, मिना गौतम सेढाईं, सोमकान्त मैनाली, देशबहादुर सार्की, रेखा थापा पाण्डे र किरण कुमारी गुप्ता छन्।
उनीहरूलाई प्रधानन्यायाधीश चोलेन्द्र शमसेर राणाले नियुक्त गरी सपथ खुवाउने छन्।