एजेन्सी–फेसबूकले ह्वेल नामक नयाँ याप सार्वजनिक गर्दै मिम बनाउने व्यापार शुरू गर्न खोजेको छ। उक्त याप हल्लाखल्ला नगरिकनै अघिल्लो साता ल्याइएको दी इन्फर्मेसन नामक पत्रिकाले समाचारमा जनाएको छ।
ह्वेल प्रयोगकर्ताहरूले तस्वीरमाथि अक्षर र स्पेसल इफेक्टहरू राख्न पाउँछन् अनि आफ्ना सिर्जनालाई इन्स्टाग्राम वा मेसेन्जरमा शेयर गर्न पाउँछन्। यस्ता विषेशता भएको यो याप अहिले यो क्यानेडियन याप स्टोरमा मात्र उपलब्ध छ।
दी इन्फर्मेसनका अनुसार, उक्त याप फेसबूककै परीक्षण समूह न्यु प्रडक्ट एक्सपेरिमेन्टेसन टोलीले गरेको हो। यस समूहले अक्स नामक लाइभ स्कूल रेडियो र कलेजका विद्यार्थीहरूलाई कनेक्ट गराउने बम्प नामक मेसेजिङ याप पनि बनाएको छ।