काठमाडौं–अहिलेकी सर्वाधिक लोकप्रिय गायिका मेलिना राईका एक पछि अर्को गीत बजारमा चर्चामा छन्। उनले दोहारी, फिल्मी र लोकपप आदि सबै विधाका गीतमा आवाज दिएकी छिन्। उनै गायिका मेलिना राई र लोकपप गायक सुनिल गिरीको कौरा गीत ‘जाम क्यारे माया’ सार्वजनिक भएको छ।
गायक गिरीकै शब्द तथा संकलन रहेको गीतको भिडियोकमा गाउँ घरमा खेलिने कौराको दृश्य र युवायुवतीको ब्यङ्ग्यात्मक शैलीलाई देखाउन खोजिएको छ।
भिडियोमा सुनिल स्वयंम र मोडल उर्मिला गुरुङका साथ देखिएका छन्। मनाङ गुरुङको कोरियोग्राफी, अनिल कृष्ण मानन्धरको छायाँकन रहेको भिडियो पवन सिम्खडाले सम्पादन गरेका हुन्।
https://youtu.be/2Kh0FVqw1nU