विराटनगर — सात वर्षीया बालिकामाथि बलात्कार प्रयास गर्ने ८४ वर्षीय तिलविक्रम राईलाइ जिल्ला आदालत मोरङले ६ महिना कैद सजाए सुनाएको छ।
जिल्ला अदालत मोरङका न्यायाधीस शिशिरराज ढकालको इजलासले अभियुक्त्त राईलाई कैदसँगै ५ हजार जरिमाना र १५ हजार रुपैयाँ क्षतिपुर्ति भराउने फैसला गरेको नायव सुब्बा सुवोध आचार्यले जानकारी दिए।
बालिकालाई राईले आफ्नै घरमा लगेर २० चैत २०७५ मा बलात्कार प्रयास गरेका थिए। अभियुक्त्त राई १६ वैैशाख २०७६ मा २० हजार रुपैयाँ धरौटी बुझाएर थुनामुक्त्त भएका थिए।