एजेन्सी– एसीसी इमर्जिङ एसिया कप क्रिकेट प्रतियोगितामा पाकिस्तानले भारतलाई हराएको छ। बुधबार भएको रोमाञ्चक खेलमा भारतलाई ३ रनले हराउँदै पाकिस्तान प्रतियोगिताको फाइनलमा पुगेको छ।
खेलमा पहिले ब्याटिङ गरेको पाकिस्तानले दिएको २ सय ६७ रनको विजयी लक्ष्य दिएको थियो। २ सय ६७ रनको विजयी लक्ष्य पछ्याएको भारतले निर्धारित ५० ओभरमा ८ विकेट गुमाउँदै मात्र २६४ रन बनाउँन सक्यो।
बंगलादेशमा जारी कपमा टस जितेर पहिले ब्याटिङ गरेको पाकिस्तानले निर्धारित ५० ओभरमा ७ विकेटको क्षतिमा २ सय ६७ रन बनाएको थियो। उपाधिका लागि पाकिस्तानले अब फाइनल खेलमा बंगलादेश र अफगानिस्तानबीचको विजेतासँग भिड्नेछ।