मुम्बई–दक्षिण भारतीय फिल्मबाट सबै फिल्म कर्मीहरूले एक न एक पाठ सिक्दै आएका छन्। ताकि दक्षिण भारतीय फिल्म नै उत्कृष्ट फिल्म मानिन्छ। कतिपयले दक्षिण भारतीय फिल्मको कथा चोरेको आरोप पनि छ। कयौँ अभिनेत्री बलिउड फिल्ममा प्रवेश गरेका छन्। तीमध्ये केही निर्माता निर्देशकको रोजाइमा मात्र होइन, दर्शकको मनपर्ने कलाकार समेत बन्न सफल भएका छन्।
यस्तैमा अभिनेत्री वेदिका कुमार पनि बलिउड प्रवेश गर्ने भएकी छन्। उनी ‘द बडी’ फिल्म मार्फत बलिउडमा देखिन लागेकी हुन्। फिल्ममा मुख्य कलाकारको रुपमा इमरान हाशमी रहेका छन्। फिल्मको निर्देशन जीतु जोसेफले गरेका हुन्। जीतु २०१३ मा प्रदर्शित फिल्म दृश्यम पनि निर्देशन हुन्। बेदिका दक्षिण भारतीय फिल्मको चर्चित अनुहार हो। उनले मलयालम, तेलगु, तमिल लगायत धेरै भाषाका फिल्ममा समेत अभिनय गरेकी छन्। ‘म राम्रो प्रोजेटको पर्खाइमा थिएँ’ उनले बलिउड डेब्युको बिषयमा भनिन् ‘‘द बडी’ ठिक लाग्यो।’ ‘इमराम निकै ट्यालेन्ट अभिनेता हुन्।
उनीसँग काम गर्न पाउँदा निकै खुसी छु’ उनले थपिन्। दक्षिण भारतीय फिल्म उद्योगमा वेदिका आकर्षक लुक तथा हट ड्रेससेन्सका कारण पनि चिनिने गर्द्छिन्। तमिलको अलवा मलयालम, तेलगु, हिन्दी, अङ्ग्रेजी लगायत धेरै भाषामा समेत उनी बोल्न सक्दिछिन्।