(तस्विरः खबरहब)
डोटि– डोटिमा नक्कली नोट फेला परेको छ। बैंकमा पैसा जम्मा गर्न आएका ग्राहकले दुई नक्कली नोट ल्याएका छन्। दिपायलस्थित एनसिसी बैंकमा पैसा जम्मा गर्न आएका एक व्यक्तिसँग एउटै नम्बर रहेको नोट पाइएको छ।
हजार दरका दुई वटा नक्कली नोट फेला परेको हाे। पछिल्लो समयमा बजारमा नोटहरुमा एउटै नम्बर पाइएका समाचारहरु आइरहेका छन्। गत कार्तिकमा महानगरीय प्रहरी वृत बौद्धको टोलीले नक्कली नेपाली रुपैयाँ छाप्ने तीन जनालाई नियन्त्रणमा लिएको थियो।
त्यस्तै प्रहरीले दोलखा मेलुङ गाउँपालिकाका राजन परियार, सन्तोष नेपाली र महेन्द्र नेपालीलाई पक्राउ गरेको थियो।