काठमाडाैं– यातायात व्यवस्था विभागले बिजुली ट्याक्सीको मापदण्ड बनाउल लागेको बताएको छ। बिजुली ट्याक्सी किन्न चाहनेले पनि मापदण्डको अभावमा किन्न नपाएकोले त्यसको समाभानका लागि उक्त मापदण्ड बन्न लागेको हो।
यातायात व्यवस्था विभागका महानिर्देशक गोगन बहादुर हमालका अनुसार ट्याक्सी २० वर्ष चलाएपछि त्यसलाई हटाएर त्यही नम्बरमा अर्को नयाँ ट्याक्सी ल्याउने गरिन्छ। तर अब मापदण्ड बनेपछि ट्याक्सी व्यवसायीले बिजुली ट्याक्सी किनेर चलाउन सक्नेछन्।
बिजुली ट्याक्सीको मापदण्ड निर्माणको काम अन्तिम चरणमा पुगेको र बिजुली गाडीको पावर, सेफ्टी ,सुविधा आदीलाई आधार मानेर मापदण्ड बनाउन लागिएको हमालले बताएका छन्। नयाँ ट्याक्सी दर्ता खोल्ने बारे भने कुनै तयारी नरहेको बताइएको छ।
हमालले गाडी रिप्लेस गर्दा इलेक्ट्रिक ल्याउन पायो तर नयाँ दर्ता खुल्ने भन्ने हल्ला मात्र भएको र नयाँ ट्याक्सी दर्ता खुल्यो भने व्यवसायीले यो मापदण्ड अनुसार बिजुली ट्याक्सी चलाउन पाउने बताएका छन्।