तुलसीपुर _ नेकपा मालेका महासचिव सिपी मैनालीले नेकपा माले समानता र समावेशीकरणको पक्षमा रहेको बताएका छन्।
रिपोर्टस क्लव दागले बुधवार तुलसीपुरमा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै महासचिव मैनालीले यस्तो बताएका हुन्। उनले भने, नेकपा माले समानता र समावेशीकरणको पक्षमा छ,।
रिपोटर्स क्लव दागका अध्यक्ष शरद रेग्मीको अध्यक्षतामा भएको कार्यक्रममा बोल्दै उनले आफु र आफनो पार्टि धर्म निरपक्षताको बिरोधमा रहेको पनि बताए। नेकपा माले धर्मनिरपक्षताको बिरोधमा छ,त्यसको मतलव हिन्दु राष्ट हुनुपर्छ भन्ने पक्षमा छैन भने।
मैनालिले अहिलेको सरकार क्रिस्चीयन धर्मको प्रचार प्रसार र प्रबद्र्धनमा लागेको आरोप लगाए। नेपालमा भएको क्रिस्चीयन सम्मेलनलाई सफल पार्न सरकार आफै खट्यो,नेताहरुले करोडौँ रकम कुमल्याए त्यसले पनी नेपालमा क्रिश्चीनिटिको प्रभाव पार्न खोजेको पुष्टी हुन्छ मैनालिको भनाई रहेको थियो।
उनले सबैपार्टी देशमुखी हुनुपर्ने पनि बताए। नेकपा माले देश बनाउने पक्षमा भएको भन्दै उनले अहिले देशमा सामाजिक पुजीको विकास गर्न आवश्यक रहेको र मुलकमा अर्थतन्त्रको बिकास गर्ने लक्ष्य र उदेश्य आफनो पार्टि संग रेहेको दावि गरे।
दलाल माफिया पुजिवादको अन्त्यका लागी देशमा राष्टिय पुजि राष्टिय उद्योग बढाउनुपर्ने उनले भने। उनले देशका साना व्यवसायीलाई प्रबद्र्धन गर्न जरुरी रहेको धारणा राखेका थिए।
मैनालिले महिला पुरुष समान अधिकार हुनुपर्ने माग पनि गरे। उनले भने, आफनो पार्टि कडा नागरिकता नितिको पक्षमा रेहको भन्दै ,गैर नेपालीलाई नागरिकता दिनुहुदैन भन्ने पक्षमा रहेको जिकिर गरे।
दाग क्षेत्र नम्वर ३ ख मा हुन लागेको प्रदेश सभा सदस्यको निर्वाचनमा नेकपा मालेलाई बिजयी गराउनका लागी प्रचार प्रसारका क्रममा दाग आउनु भएका मैनालिले दलहरुका एजेण्डा हेरेर मतदान गर्न मतदाताहरुलाई आग्रह गर्नुभयो। कार्यक्रमको संचालन रिपोटर्स क्लव दागका महासचिव विमल गौतमले गरेका थिए।