गुल्मी _ गुल्मीमा एम्बुलेन्स दुर्घटना हुँदा तीनजना घाइते भएका छन्।
गुल्मीको मालिका गाउँपालिका(६ अर्जेबाट मालिका गाउँपालिका(५ छाप जाँदै गरेको लु. १झ ३३४ नम्बरको एम्बुलेन्स अर्जेमा दुर्घटना भएको जिल्ला प्रहरी कार्यलय गुल्मीले जनाएको छ।
एम्बुलेन्स दुर्घटनामा मालिका गाउँपालिका(५ छापका चालक तुल्सीराम भण्डारी, १६ वर्षीय जगत परियार र १७ वर्षीय केशब अर्याल घाइते भएको जिल्ला प्रहरी कार्यलय गुल्मीका प्रहरी नायब उपरीक्षक मिनबहादुर घलले जानकारी दिए। घाइते मध्ये जगत परिवारको अवस्था गम्भीर हरेको छ।
घलेका अनुसार एम्बुलेन्स अनियन्त्रित भएर सडकदेखि ४० मिटर तल झरेको थियो। घाइतेहरूको जिल्ला अस्पताल गुल्मीमा उपचार भइरहेको प्रहरीले जनाएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यलय गुलमीको भनाइ छ।