बेझाड– भैरव नवदीप मावि रैनादेवी छहरा गाउँपालिका पाल्पाका ४१ विद्यार्थीलाई प्रहरीद्वारा शैक्षिक सामग्री वितरण गरिएको छ।
जिल्ला प्रहरी कार्यालय पाल्पा र नेपाल पुस्तक तथा स्टेशनरी महासङ्घ पाल्पाको सहकार्यमा विद्यालयमा अध्ययनरत जेहेन्दार, गरीब, असहाय, विपन्न विद्यार्थीलाई सामुदाय–प्रहरी साझेदारी कार्यक्रमअन्तर्गत बुधबार शैक्षिक सामग्री वितरण गरिएको हो।
विभिन्न सङ्घसस्थाको सहयोगमा कापी, कलमलगायतका शैक्षिक सामग्री वितरण गरिएको छ। आर्थिक अवस्था कमजोर रहेका परिवारका बालबालिकालाई पढाइमा सहयोग पुगोस् भनेर विभिन्न सङ्घसंस्थाबाट शैक्षिक सामग्री सङ्कलन गरी विभिन्न विद्यालयमा पुगेर वितरण गरिरहेको पाल्पाका प्रहरी नायब निरीक्षक कृष्णराज सापकोटाले बताए। संस्थाले यसभन्दा अघि पनि छ विद्यालयमा शैक्षिक सामग्री वितरण गरिसकेको छ। रासस