एजेन्सी–बलिउड नायिका रानी मुखर्जी अभिनयमा पोख्त नायिका हुन्। उनका सफल चलचित्रले दर्शकहरुको मन जितिसकेका छन्। सन् २०१४ मा रानी मुखर्जी अभिनित ‘मर्दानी’ वक्सअफिस र समीक्षकको नजरमा अब्बल ठहरियो। रिलिज भएको करिब पाँच वर्षपछि प्रदर्शनका लागि सिनेमाको सिक्वल तयार भइसकेको छ। सिनेमा डिसेम्बर १७ मा रिलिज हुँदैछ।
सफल सिनेमा भएकाले यसको सिक्वललाई लिएर दर्शकमा स्वभाविक उत्सुक्ता छ। सिनेमाको ट्रेलर रिलिज भइसकेको छ। ट्रेलरले राम्रो प्रतिक्रिया बटुलिरहेको छ। ट्रेलरको प्रतिक्रियाका कारण रानीको सिनेमा यस पटक पनि वक्सअफिसमा चम्किने अनुमान गरिएको छ। उनको सिनेमाको रिलिज मिति हेर्दा रानीको भिडन्त सलमान खानसँग हुनेछ। दुबैको सिनेमा एक साताको अन्तरालमा रिलिज हुँदैछ। सलमानको सिनेमा रानीको सिनेमाभन्दा पछि डिसेम्बर २० मा रिलिज हुँदैछ। यस्तोमा रानीको सिनेमा एक साता अगाडि आउनुलाई अर्थपूर्ण मानिएको छ।
धेरैको बुझाइमा एक साता अगाडि रिलिज भएको सिनेमा वक्सअफिसमा चम्किएमा यसको सिधा असर सलमानलाई पर्नेछ। किनकी यसो हुँदा उनले पर्याप्त मात्रामा हल नपाउन सक्छन्। सिङगल स्क्रिन सलमानका लागि समस्या नभएपनि मल्टिप्लेक्सहरूमा भने रानी सलमानको लागि टाउको दुखाइ बन्न सक्छिन्। रानी र सलमान दुवैका फ्यानहरुका यस विषयमा फरक टिका टिप्णी हुन थालेका छन्।