काठमाडौं–लामो समयदेखि अमेरिकामा बस्दै आएका बरिष्ठ लोक गायक प्रेमराजा महतको ‘लाम माया छपक्कै’ गीत सार्वजानिक भएको छ। गीतको शब्द, संगीत प्रेमराजा महतकै रहेको छ।
उनलाई आवाजमा लोकप्रिय गायिका अन्जु पन्तले साथ दिएकी छिन्। गीतको संगीत संयोजन वि.वि. अनुरागीले गरेका छन्। प्रिज्मा डिजिटल रेकर्डिङ् स्टुडियोमा रेकर्ड भएको हो।अहिलेका लोकप्रिय निर्देशक शंकर वि.सीले गीतको भिडियो निर्देशन गरेका छन्, भने नायिका करिश्मा मानन्धर र शंकर वि.सीकै नृत्य रहेको छ। गीतमा करिश्माले निकै राम्रो नृत्य गरेकी छिन्। भिडियो छायाङ्कन देखि ड्रेस सबैमा निकै मेहनत गरिएको छ।
अहिलेका चल्तिका गीतमा गीतले मागेको भन्दा बढी खर्चिलो तरिकाले निर्माण गरिएको अवस्थामा यो गीतमा सुहाउँदो तरिकाले मात्र प्रस्तुत गरिएको छ। समग्रमा गीत एकदमै राम्रो बनेको छ। विन्धावासिनी म्यूजिक प्रा.लि.को यूटूब च्यानलबाट सर्बत्र बजारमा उपलब्ध छ।
https://www.youtube.com/watch?v=goWxyJUvyTM