काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीले बुधबार मन्त्रीपरिषद् पुनर्गठन गरेका थिए। केहि मन्त्रीहरुलाई हठाइएको थियो भने केहि नयाँलाई मन्त्रीको रुपमा नियुक्त गरिएको थियो।
बिहीबार शीतलनिवासमा आयोजित समारोहमा राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी शर्मा ओलीले नवनियुक्त नौ जना मन्त्री तथा राज्यमन्त्रीहरुले शपथग्रहण गराएका छन्। केपी शर्मा ओलीले बुधबार बेलुका आफ्नो नेतृत्वको मन्त्रिपरिषदमा ६ मन्त्री र ३ राज्यमन्त्री गरी ९ जनालाई समावेश गरेका थिए।
मन्त्रिमण्डलमा समावेश गरिएका नयाँ मन्त्रीहरु हृदयेश त्रिपाठी, घनश्याम भुसाल, लेखराज भट्ट, रामेश्वर राय यादव, पार्वत गुरुङ र बसन्तकुमार नेम्वाङले शपथ लिएका हुन्। यस्तै मोतिलाल दुगड, नवराज रावत र रामवीर मानन्धरलाई ओलीले राज्यमन्त्रीको शपथ लिएका हुन्।