गोरखा– गोरखाको आरुघाट र आर्खेत र धादिङको आरुघाट, बिशालनगर र खहरे क्षेत्रको मुआब्जा निर्धारणको माग गर्दै स्थानियहरु धर्नामा बसेका छन्। बुढीगण्डकी डुवान क्षेत्रमा पर्ने सो स्थानको मुआब्जाका लागि सम्बन्धित जिल्ला प्रशासन कार्यालयमा स्थानियले धर्ना दिएका हुन्।
यसैबीच स्थानिय जनताको धर्नामा साथ दिन पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराई गोरखा पुगेका छन्। उनी जनप्रतिनिधि एवम् सरोकार समितिका प्रतिनिधिले गरेको धर्ना कार्यक्रममा सहभागि हुन बिहिबार गोरखा पुगेका हुन्।
जिल्ला समन्वय समितिको वार्षिक प्रगति प्रतिवदेन सार्वजनिक कार्यक्रममा सहभागी हुन गोरखा पुगेका भट्टराई प्रशासन कार्यालयको गेटभित्र प्रवेश गर्ने बित्तिकै धर्नामा बसिरहेकाहरुलाई साथ दिन त्यही बसे।
उनले धर्नामा बसेकाहरुलाई सति जान तयार भए आफू पनि तयार छु भन्दै मुआब्जा यसअघि नै तोक्ने भन्ने कुरा थियो फेरि के भएछ भनेर आश्चर्य व्यक्त गरे। सरोकार समिति गोरखाका अध्यक्ष जगन्नाथ खनालका अनुसार भट्टराई दुई घण्टा धर्नामा बसेका थिए।