एजेन्सी–बलिउड अभिनेत्री तापसी पन्नु एकपछि अर्को चलचित्रको सफलताले दंग छिन्। बलिउडमा कथा विक्न थालेपछि उनी अहिले राम्रो कथा भएका चलचित्रहरुमा छानिरहेकी छिन्। उनै, तापसी हालै मात्र नेहा धुपियाले संचलन गरिरहेको शोमा पुगिन्। उनलाई नेहाले प्रश्न गरिन्,‘त्यो कुन कलाकार होलान्, जसको बाबु–आमा चर्चित नभएको भए उनले चलचित्रमा काम पाउने थिएनन्।’
नेहाको यो प्रश्नमा तापसीले नायक अनिल कपुरका छोरा हर्षवर्धनको नाम लिएकी छिन्। उनी भन्छिन्,‘मलाई हर्ष किन लाग्छ भने, उनको पहिलो चलचित्रलाई खासै राम्रो प्रतिक्रिया मिलेको थिए । पहिलो चलचित्र नचलेको समयमा अरु कलाकार भएको भए काम पाउने थिएनन्।’
तापसीले आफ्नो सबैभन्दा खराब को–स्टारको रुपमा नायिका ज्याकलिन फर्नान्डेज र नायक विक्की कौशलको नाम लिएकी छिन्। उनले भनिन्, ‘ज्याकलिनले जुडवा २ मा आफ्नो हट बडी निकै नै शो गरिन्। म उनीसँग आफूलाई पनि उपस्थित गराउनका लागि निकै मिहिनेत गर्थेँ। म आफैसँग नलजाउँ भनेर सचेत पनि थिएँ।’
उनले विक्की कौशल खराब लाग्नुको बारेमा भनिन्,‘म आफ्नो अभिनयलाई लिएर निकै नै डराएकी थिएँ। म कुनै पनि दृश्यमा कमजोर देखिन चाहदैनथ्येँ, किनकी विक्की निकै नै राम्रो कलाकार हुन्।’ उनले यसरी वास्तविकता बोलिरहँदा कतिपय ठाउँमा उनको बारे चर्को आलोचना हुन थालेको छ।