काठमाडौँ, १५ माघ –चलचित्र निर्माता तथा कलाकार राजाराम पौडेलको ‘सय कडा दश’को प्रिमियर थाइल्याण्डमा आयोजना गरिएको छ। चलचित्रलाई प्रिमियर थाइल्याण्डको बैंककमा आयोजना गरिएको हो। प्रिमियरमा कलाकार राजाराम पौडेल पनि उपस्थित थिए।
प्रिमियर थाई नेपाली संघको आयोजनामा भएको थियो। प्रिमियरमा बर्मा र थाइल्याण्डका नेपालीभाषीहरूको पनि धेरै उपस्थिति थियो। थाइल्याण्डका लागि कार्यवाहक नेपाली राजदूत जङ्गबहादुर गुरुङ, थाई नेपाली संघका अध्यक्ष कुमार कार्की, संस्कृति विभाग प्रमुख नानु कार्कीलगायत ३ सय बढीले यो चलचित्र हेरेका थिए। चलचित्रको विषयवस्तुलाई थाइल्याण्डमा रुचाइएको थियो।
चलचित्रमा बर्मेली अभिनेत्री सोनीया राईको डेब्यु रहेको छ। कलाकार राजाराम र सोनीया प्रिमियरको आकर्षण बनेका थिए। निर्माता पौडेलले भने, ‘जुन भूमिमा टेकेर मैले भनेको छु, त्यसले हाम्रा नेताहरूको अनुहार झल्काउँछ,’ उनले थपे, ‘यसले मलाई आफूप्रति नै रिस उठ्यो।’
चलचित्रमा राजाराम, सोनीया, मनोज गजुरेल, अमृत ढुङ्गाना, करुणा श्रेष्ठ लगायतका कलाकारको मुख्य भूमिका रहेको छ। रामशरण पाठकको निर्देशनमा चलचित्र बनेको हो।