काठमाडौं–नेपाली लोक तथा दोहोरी गीतसँग सम्बन्धित कलाकारहरुलाई चुनावले बेस्सरी तताएको छ। ‘राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठान’ नेपालको सातौ महाधिवेशन सुरु हुनै लाग्दा चुनावी सरगर्मी बढेको हो। मंसिर ६ गतेदेखि मंसिर ८ गतेसम्म पोखरामा महाधिवेशनको तयारीमा कलाकारहरु निकै मेहनतका साथ जुटिरहेका छन्।
उम्मेद्धारी दिएका कलाकारहरु आफ्नो योजना सुनाउन र भोट माग्न व्यस्त छन्। सामाजिक संजालहरुमा आफ्नो उम्मेदवारी दिएको फोटो सहित भोटको अपिल गर्नेहरु पनि धेरै छन्। आफ्नो पेशागत संस्थामा राम्रो प्रतिनिधि चुन्नलाई कलाकारहरु सचेत बनिरहेका छन्।
‘राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठान’ नेपालको छैटौ महाधिवेशनबाट बद्री पंगेनी अध्यक्ष पदमा विजयी भएका थिए। यस पटक अध्यक्ष पदका लागि लोक गायक विष्णु खत्री र गीतकार रमेश बिजीले उम्मेदवारी अध्यक्ष पदमा नै दुई पटक हारेका विष्णुले तेस्रो पटक उम्मेद्धारी दिएका हुन्। रमेश अहिले वरिष्ठ उपाध्यक्ष पदमा छन्।निर्वाचनका लागि को–को कलाकार कुन–कुन पदमा उठ्ने भन्ने शनिबार मात्र पक्का हुनेछ। आफ्नो उम्मेदवारी घोषणा गर्दै केही कलाकार भोट माग्न व्यस्त छन्।
बरिष्ठ उपाध्यक्षः पशुपति शर्मा र रीता शर्मा
प्रथम उपाध्यक्षः रामजी खाँड र पार्वती बीसी
द्धितिय उपाध्यक्षः दीपक खड्का
महिला उपाध्यक्षः राधिका हमाल
महासचिवः सुवास केसी र शिरिष देवकोटा
उप–महासचिवः शंकर विसी, चोलेन्द्र पौडेल, शिव हमाल, बैकुन्ठ महत
सचिवः कुलेन्द्र विश्वकर्मा, विनोद बाजुराली, पुस्कल शर्मा, कृष्ण रेउले, जीवन दाहाल,
प्रचन्ड जीसी, होम गैरे, नविन पौडेल
सचिव सांगठनिकः खुमन अधिकारी
कोषाध्यक्षः राजु ढकाल, तारापति सुवेदी र पुरुषोत्तम न्यौपाने
सह–कोषाध्यक्षः इश्वरीप्रसाद भुषाल र घनश्याम रिजाल