वीरगञ्ज– प्लाष्टिकको कपमा चिया समेत नखान गरी पर्साका सरकारी कार्यालयहरुमा प्लाष्टिकको झोला निषेध गरिने भएको छ। सरकारी कार्यालयमा ‘प्लाष्टिक निषेधित क्षेत्र’ भनेर लेखिने भएको छ। विगतमा कतिपय सरकारी कार्यालयले प्लाष्टिक निषेधित क्षेत्र लेखेर टाँसेको भएपनि कार्यान्वयन भने भएको थिएन।
प्लाष्टिकको बढ्दो प्रयोगले मानव जीवनमा नकारात्मक प्रभाव पर्ने गरेकोले प्लाष्टिक झोलालाई निरुत्साहित लागिएकाे हाे। जिल्ला प्रशासन कार्यालय पर्सामा प्रत्येक महिनाको ४ गते कार्यालय प्रमुखको बैठकका बस्ने र बुधबार प्लाष्टिकको प्रयोगलाई घटाउन कदम चाल्ने निर्णय भएको जिल्ला प्रशासन कार्यालय पर्साले बताएको छ।
अत्यावश्यक अवस्थामा बाहेक प्लाष्टिकको प्रयोग कम गर्ने र कपडा तथा कागजको झोला प्रयोगमा जाेड गर्नुपर्ने बताइएकाे छ। बैठकमा १४ वटा स्थानीय तह मध्ये बहुदरमाई र पर्सागढी नगरपालिका, पटेर्वासुगौली गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत सहित ४७ वटा कार्यालयका प्रमुख सहभागी थिए।
जिल्लामा संघ, प्रदेश र स्थानीय सरकारका समेत गरी झण्डै ७० वटाको हाराहारीमा सरकारी कार्यालयहरु छन्। जिल्लाका सम्पूर्ण सरकारी कार्यालयमा हानिकारक प्लाष्टिकको प्रयोग घटाउनु पर्छ। त्यस्को साथै कपडा र कागजका झोला प्रयोगलाई प्रोत्साहन गर्ने निर्णय गरेको छ। जिल्ला प्रशासन कार्यालय पर्साका प्रशासकीय अधिकृत भानुभक्त बरालले बताएका छन् दिए।
वीरगञ्ज महानगरपालिकाले प्लाष्टिक नियन्त्रण औपचारिक रुपमा घोषणा नै गरिसकेको छ। घोषणा गरेको एक वर्ष वितिसक्दा ‘प्लाष्टिक नियन्त्रण र हर्न निषेध ’ घोषणामै सिमित रहेको छ। ‘हाम्रो वीरगञ्ज, राम्रो वीरगञ्ज’ अभियान मार्फत प्लाष्टिक झोलाको सट्टा कपडाको झोला प्रयोग गर्न पाउने केही अभियन्ताहरुले आग्रह पनि गरेका छन्।
प्लाष्टिकको प्रयोग निरुत्साहित गर्न जिल्लाका सबै सरकारी कार्यालयलाई प्लाष्टिक निषेधित क्षेत्र बनाउन खोजिएको हो। मानव स्वास्थ्य र वातावरणमा हानी पु¥याउन भएकाले प्रमुख जिल्ला अधिकारी नारायण प्रसाद भट्टराईले जानकारी दिए।
भट्टराईका अनुसार स्थानीय सरकारको घोषणा कार्यान्वयनमा सघाउन र विभिन्न संघ संस्था एवं निजी प्रतिष्ठानहरुले सञ्चालन गरेको प्लाष्टिकको झोला नियन्त्रण अभियान सफल पार्न कपडा र कागजका झोलाहरु प्रयोग गर्न थालेको सन्दर्भमा सबै सरकारी कार्यालयहरुमा समेत प्लाष्टिकको झोला लगायतका समानको प्रयोगलाई कम गर्दै लैजाने निर्णय भएकाे हाे।