बनेपा– इलाका प्रहरी कार्यालय बनेपाको भवन आज बनेपा नगर प्रमुख लक्ष्मी नरसिंह बादे श्रेष्ठले शिलान्यास गरेका छन्।
प्रदेश सरकार आन्तरिक मामिला तथा कानून मन्त्रालय प्रदेश नं ३ को आर्थिक सहयोगमा निर्माण हुन लागेको सो भवन रु पाँच करोड ८४ लाख ७५ हजारमा निर्माण हुने इलाका प्रहरी कार्यालय बनेपाका प्रहरी निरीक्षक निरञ्जन भट्टराईले बताएका छन्।
किराँतेश्वर आरएण्डसी जेभीले ठेक्का पाएको सो भवन असोज १३ गते सम्झौता भएको हो। आगामी विसं २०७७ पुस १३ गते सम्पन्न गर्नुपर्ने भवनमा कार्यालय भवन, मेस, शौचालय, पानीट्याङ्की र सेफ्टी ट्याङ्की निर्माण हुनेछ।
प्रदेश सरकारको आर्थिक सहयोगमा बन्न लागेको इलाका प्रहरी कार्यालय र प्रहरी चौकीमध्येको यो पहिलो भवन शिलान्यास हो। प्रदेश सरकारको सहयोगमा जिल्लामा इलाका प्रहरी कार्यालय र प्रहरी चौकी गरी आठ वटा निर्माण गर्नेछन्।
जसअन्तर्गत इलाका प्रहरी कार्यालयमा बनेपा, बनखु र गोकुले त्यस्तै प्रहरी चौकीमा फलाँटे, तेमालवेंशी, तालढुङ्गा, फोक्सिङटार र फलामेसाँघु रहेको छ।
त्यसका लागि निर्माण गर्न आव २०७५०७६ मा रु १३ करोड ८१ हजार रकम प्राप्त भएकामा कार्य सम्पन्न गर्न रु १७ करोड ७९ लाख ४० हजार २९६ आवश्यक भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ। (रासस)