काठमाडौं– बुधबार मन्त्रीपरिषद्को पुनर्गठनसँगै निवर्तमान श्रम मन्त्री गोकर्ण बिष्टलाई हटाइयो। बिहिबार नवनियुक्त मन्त्रीहरुको शपथ ग्रहण कार्यक्रय सम्पन्न भयो।
निवर्तमान मन्त्री विष्ट त्यसपश्चात् मन्त्रालय पुगेर कर्मचारीलाई धन्यवाद दिए। विष्टले मन्त्रालयबाट निस्किँदै गर्दा उनले साधारण व्यक्ति झैं व्यवहार देखाए। उनी भाडाको ट्याक्सी चढेर निवास फर्किएका छन्। कार्यसम्पादनमा दोस्रो स्थान रहेका उनको पद बर्खास्तीले प्रधानमन्त्री केपी शर्मा ओलीको तीव्र आलोचना भइरहेको छ।
इमान्दार भएर काम गरेको भन्दै उनले यसअघि पनि प्रधानमन्त्रीसँग कृतज्ञ रहेको बताएका थिए। बिष्ट बिहीबार मन्त्रालय पुगेर कर्मचारीलाई धन्यवाद दिएर सिंहदरबारको दक्षिणी ढोकासम्म हिँडेर पुगे।
त्यसपछि ट्याक्सी खोजीमा लागे। केहीबेरमा एउटा ट्याक्सी आयो मन्त्री बिष्टले सँगै आएका शुभेच्छुकलाई हात हल्लाए अनि ट्याक्सीभित्र पसे र आफ्नो निवास फर्किए। कतिपयले उनको उक्त कदमको प्रशंसा गरिरहेका छन्।