एजेन्सी–पछिल्लो समय डिभोर्सका घटनाहरु एक पछि अर्को गरि दोहोरिरहेका छन्। बिहे भएको २१ बर्षपछि बलिउड नायक अर्जुन रामपाल र उनकी पत्नी मेहर जेसियाको डिभोर्स भएको छ। मुम्बइको बान्द्रास्थिती फेमिली कोर्टले उनीहरुलाई डिभोर्सका लागि मन्जुरी दिएको छ। मुख्य न्यायधिश शैलजा सावन्त ‘स्पेशिल म्यारिज एक्ट’ अनुसार यो जोडीलाई डिभोर्सका लागि मन्जुरी दिएको हो।
न्यायधिसले दुई छोरी माहिका र मायारलाई जेसिकासँग नै बस्नका लागि अनुमति दिएका छन्। अर्जुन रामपाल पछिल्लो केही समयदेखि अफ्रिकन मोडल ग्रेविएलाको साथमा प्रेम सम्बन्धमा छन्। उनीहरुले अहिलेसम्म बिहे गरेका छैनन्। तर, उनीहरुले सन्तानलाई जन्म दिएका छन्। सोही कारणले गर्दा नै उनीहरुको पारिवारिक सम्बन्ध चिसिँदै गएको थियो।
मेहर र अर्जुनले सन् १९९८ मा बिहे गरेका थिए। बिहे गरेको लामो समयसम्म उनीहरु एकसाथ मिलेर बसेका थिए। तर, अर्जुन बाहिरी यूवतीसँग प्रेम सम्बन्धमा भएपछि उनीहरुविच खटपट भएको थियो। अन्त्यमा त्यो खटपट डिभोर्समा परिणत भयो।