एजेन्सी– कोलम्बिया सरकारले सीमा नाका बन्द गर्ने घोषणा गरेको छ। अन्य देशसँगको आवातजावत बिहीवारदेखि बन्द गर्ने गरी नाकाबन्दी घोषणा गरिएको अधिकारीले जनाएका छन्।
अध्यागमनका अधिकारीले दिएको जानकारीअनुसार इक्वेडर, पेरु, ब्राजिल र भेनेजुएलासँगको सीमा क्षेत्रका नाकाबन्द गरिएको हो। राष्ट्रिय हित, सुरक्षा र राष्ट्रिय रणनीतिअनुसार नाकाबन्दीको घोषणा गरिएको अधिकारीको भनाइ छ।
नाकाबन्दीका बेला कुनै पनि अकल्पनीय अप्रिय घटना हुन नदिनका लागि सीमाक्षेत्रमा ठूलो मात्रामा सुरक्षाकर्मी परिचालन गरिने कोलम्बिया अध्यागमन विभागका महानिर्देशक क्रिस्चियन क्रुगरले जानकारी दिए। बिहीबार हुने कार्यक्रममा विद्यार्थी, सामाजिक तथा राजनीतिक संघ संगठनलगायत सहभागी हुनेभएका छन्।