एजेन्सी– युएइमा जारी टी–१० लिगमा नेपाली लेग स्पिनर सन्दीप लामिछाने आबद्ध टिम कर्नाटका टस्कर्सले बिहिबार कलन्दर्सविरुद्ध खेल्दैछ। खेल नेपाली समयअनुसार साँढे सात बजे शुरू खेल हुनेछ।
बिहिबारको खेलमा सन्दीप खेल्ने प्रबल सम्भावना छ। यो भन्दा अघिल्लो खेलमा सन्दीपले २ ओभरमा २५ रन दिएर १ विकेट लिएका थिए। टी–१० लिगमा सन्दीपको प्रदर्शन भने एकनाशको भने छैन। कुनै खेलमा उत्कृष्ट प्रदर्शन गरेका सन्दीपले कुनै खेलमा खराब प्रदर्शन गरेका छन्।
समग्रमा हेर्दा सन्दीपको प्रदर्शन मध्यम रहेको छ। उनले अहिलेसम्म ४ विकेट लिइसकेका छन्। सबैखाले अन्तर्राष्ट्रिय फ्रेन्चाइज लिगहरुको अनुभव गरेका सन्दीप कर्नटकाको मुख्य हतियारमध्येका एक हुन्। त्यसकारण पनि उनी प्लेइङ ११ मा पर्ने उच्च सम्भावना छ।