काठमाडौं–निकै मार्मिक प्रेमकथामा बनेको चलचित्र ‘लभ यू हमेशा’ मा समावेश ‘यो हावा किन चल्छ’ बोलको गीत भर्खरैमा मात्र सार्वजनिक भएको छ। मंसिर १३ गतेबाट रिलिज हुन लागेको यो चलचित्रको गीतको भिडियोमा नायक यशराज र कलाकार ऋचा थापालाई फिचरिङ गरिएको छ।
भाष्कर प्रधानको लेखन तथा निर्देशनमा तयार भएको यो चलचित्रलाई यवन गुरुङले निर्माण गरेका हुन्। गीतमा सुधिर राई र मेलिना राइको स्वर, भासुको शब्द तथा संगीत छ। फिलिपिन्सको समुन्द्रमा यो भिडियो खिचिएको छ । रामजी लामिछानेले भिडियोको कोरियोग्राफी गरेका हुन्।
यो चलचित्रको प्रदर्शन कात्तिक १५ गतेबाट दार्जि्लिङ, सिलगुढी लगायतका स्थानमा भैरहेको छ। शिब ढकालको छायांकन रहेको चलचित्रमा गोपाल ढकाल, शिशिर राणा, करुणा श्रेष्ठ, निराजन मेहता, पिटी योल्मा, सल्देन तामाङ लगायतका कलाकारको अभिनय छ। चलचित्रको नामले नै दर्शकहरुलाई उत्सुकता जगाएको छ।