एजेन्सी– बंगलादेश इमर्जिङ टिम्स एसिया कपको फाइनलमा पुगेको छ। सेमिफाइनलमा अफगानिस्तानलाई पराजित गर्दै घरेलु टोली बंगलादेशकले पाकिस्तानसँगको उपाधि भिडन्त पक्का गरेको हो।
बिहिबार भएको दोस्रो सेमिफाइनलमा बंगलादेशले अफगानिस्ताविरुछ ७ विकेटको जित निकालेको हो। अफगानिस्तानले दिएको २ सय २९ रनको विजयी लक्ष्य बंगलादेशले ३९.५ ओभरमा मात्र ३ विकेट गुमाएर भेट्टायो। बंगलादेशका लागि शौम्य सरकारले ६१ रन बनाउँदा नजमुल सान्टोले ५९ रनको पारी खेले। अफिफ हुसेन ध्रुबो ४५ र यासिर अली चौधरी ३८ रनको योगदान दिए।
त्यसअघि पहिले ब्याटिङ गरेको अफगानिस्तानले ५० ओभरमा ९ विकेट गुमाएर २ सय २८ रन बानाएको थियो। अफगानिस्तानको पारमिा लागि डार्विस अब्दुल रसुलले १ सय १४ रन शतकीय पारी खेलेका थिए।
उपाधिका लागि बंगलादेशले पाकिस्तानको सामना गर्नेछ। पहिलो सेमिफाइनलमा पाकिस्तानले भारतमाथि ३ रनको रोमाञ्चक जित निकाल्दै फाइनलमा स्थान बनाएको थियो।