एजेन्सी–भारतको अन्तरिक्ष एजेन्सीले यसै वर्षको आगामी सेप्टेम्बरमा पहिलोपटक चन्द्रमामा अवतरण गराइने जानकारी दिएको छ। यसरी सबैभन्दा पछिल्लो अन्तरिक्ष मिसन चन्द्रयान–२ ले भारतलाई चन्द्रमामा यान अवतरण गराउने विश्वको चौथो राष्ट्र बनाउने अपेक्षा गरिएको हो।
चन्द्रमा र मंगल ग्रहबारे अधिक जानकारी संकलन गर्न भारतको स्पेस एजेन्सीले विगत् दश वर्षदेखि विभिन्न अन्तरिक्ष यानहरु लन्च गर्दै आएको थियो। इन्डियन स्पेस रिसर्च सेन्टरका अध्यक्ष कैलाशभादिभु सिभानले बुधबारको पत्रकार सम्मेलनमा भनेका हुन ‘अवतरणको अन्तिम १५ मिनेट हाम्रालागि सबैभन्दा उत्साहपूर्ण क्षण हुनेछ।’
यसअघि भारतले चन्द्रयान–१ पनि लन्च गरेको थियो। तर चन्द्रमाको सतहमा पानीका मलिक्युलबारे जानकारी लिन उडेको सो यान अवतरण गर्न असफल रह्यो।
चन्द्रयान–२ भने ३,४४७ किलो तौलको रहेको छ जसले १३ पे–लोड बोक्नेछ र दक्षिण भारतको आन्द्र प्रदेशको श्रीहरीकोटबाट उडान भर्नेछ। आइएसआरओको सबैभन्दा पछिल्लो मिसनका तीन चरण रहेका छन् – चन्द्रमा वरपर घुम्ने, अवतरण गर्ने र डाटा संकलन गर्ने। यसमा सबै उपकरण इन्डियन स्पेस रिसर्च सेन्टर आफैँले विकास गरेको हो। यसअघि २०१७ मा पनि भारतले १०४ वटा स्याटलाइट एउटै मिसनमा त्यो पनि कम बजेटमा लन्च गरि नयाँ रेकर्ड कायम गरेको थियो।
त्यस्तै अघिल्लो वर्ष मात्र प्रधानमन्त्री नरेन्द्र मोदीले भारत सफलतापूर्वक अन्तरिक्ष महाशक्तिका रुपमा स्थापित भएको घोषणा गरेका थिए। यसरी बुधबारको सम्मेलनमा सिभानले २०३० सम्ममा आफ्नो छुट्टै स्वतन्त्र स्पेस स्टेसन निर्माण गर्ने योजना पनि सार्वजानिक गरेका हुन्। सीएनएन