धनुषा– मिथिला नगरपालिका–१० लालगढमा बिहीबार राति ट्रकको ठक्करबाट एक युवतीको मृत्यु भएको छ। स्थानीय पुर्णबहादुर श्रेष्ठकी २० वर्षीया छोरी दिपाको मृत्यु भएको हो।
गम्भीर घाइते भएकी दिपालाई उपचारको लागि अस्पताल पु(याउनासाथ चिकित्सकले मृत घोषणा गरेको प्रहरीले जनाएको छ।
राति पौने ९ बजे पैदल हिडीरहेकी उनलाई नम्बर नखुलेको ट्रकले ठक्कर दिएको थियो। दुर्घटनापछि सवारी साधनसहित फरार चालकको खोजी भइरहेको इलाका प्रहरी कार्यालय ढल्केवरले जनाएको छ।