काठमाडौं–नायिका तथा पूर्व मिस नेपाल मलिना जोशीले नयाँ चलचित्र त साइन गरेकी छैनन्। एकपछि अर्को चलचित्र असफल हुँदा मलिनाको हातमा राम्रो ब्यानरका चलचित्र परेका छैनन्।
तर, उनी यतिबेला प्रेममा भने मख्ख छिन्। केही समयदेखि उनी सुशान्त प्रधानको प्रेम सम्बन्धमा चुर्लुम्मै डुबेकी छिन्। यो कुरा सत्य हो कि, उनीहरुको प्रेम कसैसँग पनि लुकेको छैन। यहीकारणले पनि होला, मलिना र सुशान्त सामाजिक संजालमा तस्वीर शेयर गर्न हिच्किचाउँदैनन्। हालैमात्र, मलिनाले सुशान्तसँगका २ रोमान्टिक तस्वीर शेयर गरेकी छिन्।
एक तस्वीरमा मलिनाको गालमा सुशान्तले चुम्बन गरेका छन्। जहाँ मलिना लेख्छिन्, म तिमीलाई त्यतीबेला पनि माया गर्थेँ। तर, तिमीलाई मैले यो कुरा थाहा हुन दिइनँ। किनकी, मलाई तिमीसँग टाढा हुन्छु कि भन्ने डर थियो।’
मलिनाको सुशान्तप्रतिको प्रेम भावना यत्तीकै टुंगिएको छैन। उनले, आफूले सुशान्तकै कारण श्वास फेर्ने गरेको, हाँस्ने गरेको उल्लेख गरेकी छिन्। मलिनाको यी शब्दहरुले पनि सुशान्तसँगको उनको प्रेम कती गहिरो छ भन्ने थाहा हुन्छ। आशा गरौ, यो जोडीको प्रेम नयाँ उचाइमा पुग्नेछ। उनको यो तस्वीरले अहिले सबैको ध्यान तानेको छ।