काठमाडाैं– चर्चित नेपाली पात्रो निर्माता कम्पनीले नयाँ सेवा ‘हाम्रो मार्केट’ को थालनी गरेको छ। कम्पनीले सामान खरीद तथा बिक्री गर्न सकिने माध्यमको रुपमा हाम्रो पात्रोले बिहीबार देखि यो एप्लिकेशन सेवा सञ्चालनमा ल्याएको हो।
यो एप्लिकेशनको माध्यमबाट घरमै बसेर घर, जग्गा, मोबाइल, कार लगायतका सामान किन्न तथा बेच्न अन्य ब्राउजर तथा एप्लिकेशनमा नगइकनै सोझै हाम्रो पात्रोकै एपबाट सामान खरीद बिक्री गर्न सकिने जनाइएको छ। हाम्रो पात्रोबाटै हाम्रो कम्युनिटी साइटमा लगईन गर्न सकिनेछ।
त्यसका लागि फेसबुक तथा गुगल आईडीबाटै सोझै लगईन गर्न सकिने बनाइएको छ। हाम्रो पात्रोका संस्थापक शंकर उप्रेतिका अनुसार हाललाई यो सेवा काठमाडौं उपत्यकामा मात्रै उपलब्ध हुनेछ।