झापा –झापाको चन्द्रगढी विमानस्थल शुक्रबारदेखि पुनः सञ्चालनमा आएको छ। विमानस्थलको धावनमार्ग मर्मतसँगै स्तरोन्नति कार्य सकिएपछि विमानस्थल शुक्रबारदेखि सञ्चालनमा आएको विमानस्थल प्रमुख पूर्ण चुडालले जानकारी दिए।
मर्मत तथा स्तरोन्नतिका लागि गत कात्तिक २६ देखि मंसिर ५ बिहीबारसम्म विमानस्थल पूर्ण रूपमा बन्द थियो। विमानस्थलको १५ सय मिटर लम्बाई र ३० मिटर चौडाइ रहेको धावनमार्ग जीर्ण अवस्थ थियो।
जीर्ण धावनमार्ग १२ वर्षपछि मर्मत गरिएको छ। विमानस्थलमा इन्धन सेवा, वारुणयन्त्र, धावनमार्ग विस्तारलगायतका काम गरिएको प्रमुख चुडालले जानकारी दिए। ‘चुडालले भने, ’आजदेखि पुनः विमानस्थल सञ्चालनमा आएको छ । अबदेखि नियमित उडान हुने।