तस्वीरः अनलाइन खबर
काठमाडौं–कलाकारलाई राम्रो कित राम्रो कुरा कित नराम्रो कुराले चर्चामा ल्याउँने गर्दछ। आज शुक्रबारदेखि नयाँ बलिउड चलचित्र ‘पागलपन्थी’ रिलिज भएको छ। जोन अब्राहम, अनिल कपुर, पुलकित सम्राट, उर्वशी ढोलकिया, कृती खरबन्दा जस्ता कलाकारको अभिनय रहेको चलचित्रलाई लिएर दर्शकहरुमा उत्साह कम देखिएको छ।
बलिउडका ट्रेडहरुले यसलाई निकै नै खराब चलचित्र भनेका छन्। भारतमा समेत चलचित्रको एडभान्स बुकिङ खराब छ। बिहानी शोमा पनि दर्शकको उपस्थिती कमजोर देखिएको छ ।
चलचित्रको गीतसंगीत र ट्रेलरले दर्शकमा कुनै उत्साह जनाउन नसकेपछि बक्स अफिस कमजोर हुने देखिएको हो। समिक्षक र दर्शकको खराब प्रतिक्रियाको असर चलचित्रको बक्स अअफिसमा पर्ने निश्चित छ।
नायक जोन अब्राहिम पछिल्लो समय राष्ट्रियताको कथामा बनेका चलचित्रमा बढी केन्द्रित छन्। तर, यसपटक भने उनले कमेडी जनराको कथामा काम गरेका छन्। तर, उनका लागि आफ्नो रोजाई नै गलत साबित हुने देखिएको छ।