Photo by Vjeran Pavic / The Verge
एजेन्सी– गूगलले आफ्नो एन्ड्रोयड सिस्टमलाई ह्याक गर्ने ह्याकरहरुलाई १५ लाख अमेरिकी डलर अर्थात करिब १७ करोड रुपैयाँ दिने घोषणा गरेको छ। गूगलको नियमित हुने बग वाउन्टी अर्थात एन्ड्रोयड सेक्यूरिटी रिवार्डस कार्यक्रम अन्तरगत प्रमुख पुरस्कारमा सो रकम दिने घोषणा गरेको हो।
एन्ड्रोयड सेक्यूरिटी रिवार्डस कार्यक्रम अन्तरगत ह्याकरहरुले चीपसेट टाइटन एमलाई ह्याक गर्न र एन्ड्रोयडको डेभलपर प्रिभ्यू भर्सनमा भएका कमजोरीहरु पत्ता लगाएमा गूगलले १७ करोड रुपैयाँ प्राप्त गर्नको सकिने छ।
सन् २०१९ मा सबैभन्दा उच्च पुरस्कार १ लाख ६१ हजार ३३७ अमेरिकी डलर भुक्तानी गरिएको थियो। यसको सबैभन्दा महत्वपूर्ण भनेको गूगलको पिक्सेल लाइनका स्मार्टफोनहरुमा राखिएको टाइटन एम इन्टिग्रेटेड सेक्यूरिटी चीपलाई ह्याक गर्नु हो। यसलाई कम्पनीले निकै सुरक्षित र उच्चस्तरको चीपसेट भएको दाबी गरेको छ जून आफ्ना फ्ल्यागशिप डिभाइसहरुमा प्रयोग गर्दै आएको छ।
यसअघिको गूगल बग वाउन्टी प्रोग्राम अन्तरगत २ लाख अमेरिकी डलरसम्म मात्र सबैभन्दा धेरै पुरस्कार दिईएको थियो। गूगलको १२ महिनाभरीको कुल पुरस्कार भुक्तानी १.५ मिलियन डलर अर्थात करिब १७ करोड रुपैयाँ हुनेछ। यसअन्तरगत औसत पुरस्कार भने ३,८०० अमेरिकी डलर राखिएको छ। जसमा हरेक कमजोरीलाई प्रदान गरिनेछ।
यदि कुनै अनुसन्धानकर्ता वा ह्याकरले बग वाउन्टी प्रोग्रामअन्तरगत पिक्सेल डिभाइसमा भएको टाइटन एम सेक्यूरिटीलाई रिमोट कोड राखेर ह्याक गरेमा उसले सिधै १० लाख डलर अर्थात करिब ११ करोड रुपैयाँ हात पार्नेछ। त्यस्तै यदि एन्ड्रोयडमा पनि सोहि प्रोग्रामअन्तरगत ह्याक गर्न सफल भएमा कम्पनीले ५ लाख डलर अर्थात करिब ६ करोड रुपैयाँ दिनेछ।